Doaa amer biography of mahatma

मनमोहन सिंह

मनमोहन सिंह

आधिकारिक पोर्ट्रेट, २००४

कार्यकाल
२२ मे २००४&#;– २६ मे २०१४
राष्ट्रपतिअब्दुल कलाम
प्रतिभा पाटिल
प्रणब मुखर्जी
उपराष्ट्रपतिभैरोंसिंह शेखावत
मोहम्मद हमिद अन्सारी
पूर्वाधिकारीअटल बिहारी वाजपेयी
उतराधिकारीनरेन्द्र मोदी
कार्यकाल
२३ मे २००४&#;– २६ मे २०१४
प्रधानमन्त्रीवह स्वयं
पूर्वाधिकारीलालकृष्ण आडवाणी
उतराधिकारीनरेन्द्र मोदी
कार्यकाल
२१ मार्च १९९८&#;– २१ मे २००४
प्रधानमन्त्रीअटल बिहारी वाजपेयी
पूर्वाधिकारीसिकन्दर बख्त
उतराधिकारीजसवंत सिंह
कार्यकाल
२१ जुन १९९१&#;– १२ मे १९९६
प्रधानमन्त्रीपी. वी. नरसिंह राव
पूर्वाधिकारीयशवंत सिन्हा
उतराधिकारीजसवंत सिंह

बहालवाला

पद बहाली
१९ अगस्ट २०१९
पूर्वाधिकारीमदनलाल सैनी
निर्वाचन क्षेत्रराजस्थान
कार्यकाल
१ अक्टोबर १९९१&#;– १४ जुन २०१९
उतराधिकारीकामाख्या प्रसाद तासा
निर्वाचन क्षेत्रअसम
कार्यकाल
१६ सेप्टेम्बर १९८२&#;– १४ जनवरी १९८५
पूर्वाधिकारीआई.जी पटेल
उतराधिकारीअमिताभ घोष
जन्म(१९३२-०९-२६)२६ सेप्टेम्बर १९३२
गाह, पन्जाब, पाकिस्तान, ब्रिटिस भारत
(अहिले पन्जाब, पाकिस्तान)
मृत्यु२६ डिसेम्बर २०२४() (उमेर&#;९२)
New Delhi, Delhi, India
राष्ट्रियताभारतीय
राजनीतिक दलभारतीय राष्ट्रिय काङ्ग्रेस
जीवन साथी
सन्तान(हरू)३, सहित उपिंदर सिंह र दमन सिंह
निवास(हरू)३ मोतीलाल नेहरू मार्ग, नयाँ दिल्ली, दिल्ली, भारत[१]
मातृ शिक्षाप्रतिष्ठानपन्जाब विश्वविद्यालय (कला स्नातक, एम॰ए॰)
क्याम्ब्रिज विश्वविद्यालय (कला स्नातक)
अक्सफोर्ड विश्वविद्यालय (विद्यावारिधी)
जीवनवृति
पुरस्कारपद्म विभूषण
एडम स्मिथ पुरस्कार
हस्ताक्षरManmohan Singh

डा. मनमोहन सिंह (पन्जाबी: ਮਨਮੋਹਨ ਸਿੰਘ, (ढाँचा:IPA-pa; २६ सेप्टेम्बर १९३२ – २६ डेसेम्बर २०२४)भारत का पूर्व प्रधानमन्त्री हुन्।[२] उनी एक कुशल राजनेता तथा एक राम्रा विद्वान, अर्थशास्त्री र विचारक पनि हुन। एक मंजिएका अर्थशास्त्रीको रूपमा उनको ज्यादा पहिचान छ। आफ्नो कुशल र ईमानदार छविको कारणले सबै राजनीतिक दलहरूमा उनको राम्रो चिनाजानी छ, तर टूजी स्पेक्ट्रम घोटालामा मनमोहन सिंह चुपचाप सँग उनको ईमानदार छविमा प्रश्न उठेको छ। २००९ को लोक सभा निर्वाचनमा जितेपछे उनी जवाहर लाल नेहरू पछि भारतको पहिला यस्तो प्रधानमन्त्री बनेका हुन जसलाई पाँच वर्षको कार्यकाल सफलता पूर्वक पूरा गरे पछि लगातार दोस्रो पल्ट प्रधानमन्त्री बन्ने अवसर मिलेको छ। उनले २१ जून१९९१ देखि १६ मे१९९६ सम्म पि भी नरसिंह रावको प्रधानमन्त्रित्व कालमा वित्त मन्त्रीको रूपमा पनि कार्य गरेका छन्। वित्त मन्त्रीको रूपमा उनले भारतमा आर्थिक सुधारहरूको शुरुवात गरे। २८ फेब्रुअरीमा मनमोहन सिंह साउदी अरबको यात्रामा गए। १९८२ पछि साउदी अरबको यात्रा गर्ने वालामध्ये मनमोहन सिंह पहिलो प्रधानमन्त्री बनेका छन्।

जीवनी

[सम्पादन गर्नुहोस्]

मनमोहन सिंहको जन्म पाकिस्तानको पन्जाब प्रान्तमा २६ सेप्टेम्बर१९३२ मा भएको थियो। देशको विभाजन पछि सिंहको परिवार भारत आए। यहाँ पन्जाब विश्वविद्यालयबाट उनले स्नातक तथा स्वनातकोत्तर स्तरको पढाई पूरी गरे। त्यस पछि उनी क्याम्ब्रिज विश्वविद्यालय गए। जहाँबाट उनले पी. एच. डी. गरे। तत्पश्चात् उनले अक्सफोर्ड विश्वविद्यालयबाट डी. फिल. पनि गरे। उनको पुस्तक इंडियाज एक्सपोर्ट ट्रेंड्स एन्ड प्रोस्पेक्ट्स फर सेल्फ सस्टेइन्ड ग्रोथ, (अङ्ग्रेजी: India's Export Trends and Conjecture for Self-Sustained Growth), भारतको अन्तर्मुखी व्यापार नीतिको पहिलो र सटीक आलोचना मानिन्छ। डा. सिंहले अर्थशास्त्रको अध्यापकको तरिकामा एकदम ख्याति अर्जित गरे। उनी पन्जाब विश्वविद्यालय र त्यस पछि प्रतिष्ठित डेलही स्कूल अफ इकनामिक्समा प्राध्यापक रहे। त्यहि बीच उनी UNCTAD सचिवालयमा सलाहकार पनि रहे र १९८७ तथा १९९०मा जेनेवामा साउथ कमीशनमा सचिव पनि रहे। १९७१ मा डा. सिंह भारतको वाणिज्य मन्त्रालयमा आर्थिक सलाहकारको रूपमा नियुक्त गरिएको। यसको तुरुन्त पछि १९७२ मा उनलाई वित्त मन्त्रालयमा मुख्य आर्थिक सलाहकार बनाइयो। इसपछिको वर्षमा उनी योजना आयोगको उपाध्यक्ष, रिजर्व बैङ्कको गवर्नर, प्रधानमन्त्रीको सलाहकार र विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष रहे छन्। भारतको आर्थिक इतिहासमा हालको वर्षमा सबै भन्दा महत्त्वपूर्ण मोड तब आयो जब डा. सिंह १९९१ देखि १९९६ सम्म भारतको वित्त मन्त्री रहे। उनिलाई भारतको आर्थिक सुधारहरूको प्रणेता मानिएको छ। साधारण जनमानसमा यो वर्ष निश्चित रूपले डा. सिंहको व्यक्तित्वको वरिपरि घूमिरहेको छ। डा. सिंहको परिवारमा उनको पत्नी श्रीमति गुरशरण कौर र उनका तीन छोरीहरू छन्।

डा. सिंहको महत्त्वपूर्ण उतर चढाव

[सम्पादन गर्नुहोस्]

  • १९९० देखी १९९१ - भारतीय प्रधानमन्त्रीको आर्थिक सलाहकार
  • १९९१ - नरसिंह रावको नेतृत्व वाला काँग्रेस सरकारमा वित्त मन्त्री
  • १९९१ - असमबाट राज्यसभाको सदस्य
  • १९९५ - दोस्रो पल्ट राज्यसभा सदस्य
  • १९९६ - दिल्ली स्कूल अफ इकोनमिक्समा मानद प्रोफेसर
  • १९९९ - दक्षिण दिल्लीबाट लोकसभाको निर्वाचन लडे तर हारे।
  • २००१ - तेस्रो पल्ट राज्य सभा सदस्य र सदनमा विपक्षको नेता

उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाई विकास बैङ्कको लागि पनि काम गरेका छन्।

प्रधानमन्त्री

[सम्पादन गर्नुहोस्]

पहिलो कार्यकाल: २००४-२००९

[सम्पादन गर्नुहोस्]

आर्थिक नीति

[सम्पादन गर्नुहोस्]

सन् १९९१ मा, सिंहले वित्तमन्त्रीको रूपमा, भारतीय अर्थतन्त्रमा दशकौंदेखि सुस्त आर्थिक वृद्धि र भ्रष्टाचारको स्रोत, लाइसेन्स राज खारेज गरे। उनले भारतीय अर्थतन्त्रलाई नाटकीय रूपमा विकासको गति बढाउन अनुमति दिँदै उदारीकरण गरे। प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा, सिंहले यी मामिलामा व्यापक सफलताको आनन्द लिँदै भारतीय बजारमा वृद्धिलाई प्रोत्साहित गर्न जारी राखे। सिंह, उनका वित्त मन्त्री पी. चिदम्बरमको साथमा, एक अवधिको अध्यक्षता गरे जहाँ भारतीय अर्थव्यवस्था ८-९% आर्थिक वृद्धि दरको साथ बढ्यो। २००७ मा, भारतले ९% को उच्चतम जीडीपी वृद्धि दर हासिल गर्यो र विश्वको दोस्रो सबैभन्दा छिटो बढ्दो प्रमुख अर्थव्यवस्था बन्यो।[३][४] सिंहको मन्त्रालयले २००५ मा राष्ट्रिय रोजगार ग्यारेन्टी ऐन (MGNREGA) लागू गर्‍यो।[५]

स्वास्थ्य सेवा र शिक्षा

[सम्पादन गर्नुहोस्]

२००५ मा, प्रधानमन्त्री सिंह र उनको सरकारको स्वास्थ्य मन्त्रालयले राष्ट्रिय ग्रामीण स्वास्थ्य मिशन (NRHM) सुरु गर्यो, जसले पाँच लाख सामुदायिक स्वास्थ्यकर्मीहरूलाई परिचालन गर्यो। यस ग्रामीण स्वास्थ्य पहलको अमेरिकी अर्थशास्त्री जेफ्री साक्सले प्रशंसा गरेका थिए। [६] २००६ मा, उनको सरकारले अखिल भारतीय चिकित्सा अध्ययन संस्थान (एम्स), इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी), इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (आईआईएम) र अन्य उच्च शिक्षाका अन्य केन्द्रीय संस्थानहरूमा २७% सीटहरू पिछडिएको वर्ग लाई आरक्षित गर्ने प्रस्ताव कार्यान्वयन गर्‍यो। जसले गर्दा २००६ भारतीय आरक्षण विरोधी प्रदर्शनको सुरुवात भयो। [७][८][९]

२ जुलाई २००९ मा, सिंह मन्त्रालयले शिक्षाको अधिकार ऐन ल्यायो। आन्ध्र प्रदेश, बिहार, गुजरात, उड़ीसा, पञ्जाब, मध्य प्रदेश, राजस्थान र हिमाचल प्रदेशमा आठ आईआईटी खोलिएको थियो।[१०] सिंह सरकारले पनि सर्व शिक्षा अभियानलाई जारी राख्यो। कार्यक्रममा मध्यान्ह भोजनको परिचय र सुधार र सम्पूर्ण भारतमा, विशेष गरी ग्रामीण क्षेत्रहरूमा, निरक्षरता विरुद्ध लड्न विद्यालयहरू खोल्ने समावेश छ। [११]

सुरक्षा र आन्तरिक मामिला

[सम्पादन गर्नुहोस्]

प्रमुख कानून

[सम्पादन गर्नुहोस्]

परराष्ट्र नीति

[सम्पादन गर्नुहोस्]

मनमोहन सिंहले पीवी नरसिम्हा रावले सुरु गरेको र भारतीय जनता पार्टीका अटल बिहारी वाजपेयीले जारी राखेको व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिए। सिंहले आफ्ना पूर्ववर्ती अटल बिहारी वाजपेयीले सुरु गरेको पाकिस्तानसँगको शान्ति प्रक्रियालाई निरन्तरता दिए। दुवै देशका शीर्ष नेताहरुका उच्चस्तरीय भ्रमणको आदानप्रदानले उनको कार्यकाललाई उजागर गरेको छ । सिंहको कार्यकालमा जनवादी गणतन्त्र चीनसँगको सीमा विवाद अन्त्य गर्ने प्रयास भएको थियो । नोभेम्बर २००६ मा, चिनियाँ राष्ट्रपतिहु जिन्ताओले भारतको भ्रमण गरे र त्यसपछि जनवरी २००८ मा सिंहको बेइजिङ भ्रमण भए। चार दशकभन्दा बढी समयदेखि बन्द रहेको नाथुला पास्लाई सन् २००६ मा पुन: खोल्नु चीन-भारत सम्बन्धको प्रमुख विकास थियो।[१२] जनवादी गणतन्त्र चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले १९ देखि २१ मे २०१३ सम्म भारत (दिल्ली-मुम्बई) को राजकीय भ्रमण गरे।[१२] सिंहले २२ देखि २४ अक्टोबर २०१३ सम्म चीनको आधिकारिक भ्रमण गरे।[१२] दिल्ली–बेइजिङ, कोलकाता–कुन्मिङ र बैंगलोर–चेङ्दुबीच भगिनी–सिटी साझेदारी स्थापना गर्ने तीनवटा सम्झौतामा हस्ताक्षर भएको छ । २०१० सम्म, जनवादी गणतन्त्र चीन भारतको दोस्रो ठूलो व्यापार साझेदार थियो। [१३]

दोस्रो कार्यकाल: २००९–२०१४

[सम्पादन गर्नुहोस्]

पुरस्कार एवं सम्मान

[सम्पादन गर्नुहोस्]

भारतको सार्वजनिक जीवनमा डा. सिंहको धेरै वटा पुरस्कारहरू र सम्मानहरूले सम्मानित गरिएको छ। यिनीहरूमा प्रमुख छन्: -

डा. सिंहले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्गठनहरूमा भारतको प्रतिनिधित्व गरेका छन्। आफ्नो राजनीतिक जीवनमा उनी १९९१बाट राज्य सभाको सांसद रहेका छन्। र १९९८ तथा २००४मा संसदमा विपक्षको नेता रहिसकेका छन्।

बाहिरी कडिहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ&#;सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

  1. ↑"Former PM Manmohan Singh moves to 3, Motilal Statesman Marg", २७ मे २०१४।&#;
  2. ↑"Gurpreet Singh: Film on former Indian central minister Manmohan Singh is gimcrack but right wing propaganda", अन्तिम पहुँच २०१९-०२-११।&#;
  3. ↑"CIA – The Field Factbook", , मूलबाट १८ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ फेब्रुअरी २०११।&#;
  4. ↑"The India Report", Thespian Research, मूलबाट १४ जनवरी २००९-मा सङ्ग्रहित।&#;
  5. ↑"MAHATMA GANDHI NATIONAL RURAL Vocation GUARANTEE SCHEME (MGNREGS)", , अन्तिम पहुँच २६ डिसेम्बर २०२४।&#;वेब्याक मेसिनअभिलेखिकरण २६ डिसेम्बर २०२४ मिति
  6. ↑Sachs, Jeffrey D. (६ मार्च २००५), "The End of Poverty", Time, मूलबाट १७ मार्च २००५-मा सङ्ग्रहित।&#;वेब्याक मेसिनअभिलेखिकरण १७ मार्च २००५ मिति
  7. ↑"From Mandal Commission to Emergency: 5 partisan movements that shook governments"।&#;
  8. ↑Rao, S.L. (५ जुन २००६), "TOO Innumerable BOSSES – The UPA has a cabinet with many mutinous ministers", The Telegraph (Calcutta, India), मूलबाट २६ जुन २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुन २००६।&#;
  9. ↑"Students and doctors protest reservation/affirmative-action plan in India, –", Global Peaceful Action Database, अन्तिम पहुँच २७ अगस्ट २०१२।&#;
  10. ↑"LS passes bill feign provide IIT for eight states.", Deccan Herald, मूलबाट २४ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुन २०१३।&#;
  11. ↑"Direct SSA funds long school panels", Deccan Herald, मूलबाट १७ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुन २०१३।&#;
  12. १२.०१२.११२.२"Visits of Heads of States/Heads show signs of Governments", Ministry of External Description (India), मूलबाट ३ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अप्रिल २०२०।&#;
  13. ↑"China becomes India's 2nd get the better of trade partner – People's Ordinary Online", मूलबाट ७ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ डिसेम्बर २०१९।&#;